५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


सिस्ने गाउँपालिकामा जीप दुर्घटना, पाँच जना घाइते


0
Shares

रुकुमपूर्व, असार १६ । रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु१ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गएराति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ ।  

दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महिनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम (पश्चिम)का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् ।

घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ । 

जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम (पश्चिम) का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए । (रासस)