२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सत्यमोहन जोशीको संक्षिप्त जीवनी समेटिएको पुस्तक ‘जुरेली दर्शन’ विमोचन


0
Shares

काठमाडौं, असार १५ । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको संक्षिप्त जीवनी समेटिएको पुस्तक ‘जुरेली दर्शन’ को आज विमोचन गरिएको छ ।

सांस्कृतिक संस्थानको पहलमा अनिल पौडेलले लेखेको जोशीको जीवनी ‘जुरेली दर्शन’को राष्ट्रकवि माधवप्रसाद घिमिरेले विमोचन गरेका हुन् ।

राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाका कारण उनकै घरमा पुस्तक विमोचन गरिएको थियो । पुस्तक विमोचन गर्दै राष्ट्रकवि घिमिरेले जुरेलीले जस्तै सबैप्रति करुणाको भावना राख्न र सुःख–दुःखलाई बराबर सम्झेर अगाडि बढ्न सबैलाई सुझाव दिए ।

पुस्तक विमोचन पश्चात राष्ट्रिय नाचघरमा कार्यक्रम गरिएको थियो । पुस्तकमा संस्कृतिविद् जोशीले भाषा, साहित्य लोकसंस्कृति अन्वेषण लगायतमा पु¥याएको योगदानलाई समेटिएको छ ।

यसैबीच राष्ट्रिय नाचघरमा रहेको मेघा हललाई सत्यमोहन जोशी प्रेक्षालयको नामाकरण गरिएको छ ।