Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘मेरी बहिनी’को भिडियो लिएर आए आयुष्मा र प्रयुषा


0
Shares

काठमाडौँ । नेपाल बालसाहित्य समाजको ‘बालप्रतिभा पुरस्कार – २०७५’बाट पुरस्कृत ११ वर्षे आयुष्मा तिवारीको बाल गीत मेरी बहिनीको भिडियो सार्वजनिक भएको छ ।

प्रयुषा न्यौपानेको स्वर रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।

पछिल्लो समय बालबालिकाहरु विदेशी कार्टुन र गीतहरुको प्रभावमा परिरहेको समयमा नेपाली गीतमा नै कार्टुनको प्रयोग गरेर फरक खालको गीत बालबालिकाका लागि बजारमा ल्याइएको हो ।

जसमा एउटी दिदीले आफ्नी सानी बहिनीको बाल स्वभाव, श्रृजनशिलता, लगायतका आनी बानीलाई वर्णन गरेको कुरालाई नजिकबाट केलाइएको  छ ।

मिलन श्रेष्ठ र केशव पाण्डेले एनिमेशन गरेको भिडियोलाई साना साना नानीहरुलाई लक्षीत गरेर निर्माण गरिएको आयुष्माले बताइन् ।

अत्यन्त जिज्ञासु स्वभावकी आयुष्माले सृजना गरेको मेरी बहिनी बोलको गीत सार्वजनिक गरिएसँगै बालबालिकाका लागी प्रेरक भइरहेको प्रतिक्रिया आइरहेको छ।

?wmode=opaque&theme=dark” frameborder=”0″ allowfullscreen>