Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


पलेंटीमा शान्ति ठटालः उमेरले ८१ टेक्यो, सांगीतिक जोश उस्तै


0
Shares

-किशोरजंग थापा र गृष्मा राजभण्डारी(ईमेज)

काठमाडौं । नेपाली सांगीतिक जगतकी चर्चित र ख्यातिप्राप्त संगीतकार हुन् शान्ति ठटाल ।

ठटालले संगीतबद्ध गरेका सयौं गीत नेपाली गीत संगीतको इतिहासमा अमर र अजर बनेका छन् ।

उनै ८१ वर्षीया ठटालले संगीतबद्ध गरेका गीत राजधानीको आयोजना गरिएको पलेंटीमा प्रस्तुत गरिँदै आएको छ ।

सांगीगिक जगतकी हस्ती शान्ति ठटाल । ८१ वर्षीया शान्तिको अनुहारमा बुढ्यौलीपन देखिन थाले पनि सांगीतिक क्षेत्रमा हरदम सदावहार ।

राजधानी काठमाडौंमा नेपालयले शुक्रबारदेखि गर्दै आएको तीन दिने पलेंटी सिरिजमा उनले गीत गाउँदा हल तालीले गुन्जायमान हुँदै आएको छ ।

उमेर निकै ढल्कीसके पनि उनको गाउने रहर अझै मरेको छैन ।

पलेंटी सिरिजमा शान्ति ठटालले संगीतबद्ध गरेका गीत मीना पोखरेल र विमला सेन्चुरीले गाउँदै आएका छन् ।

पलेंटीको मुख्य आकर्षक निकै नै चर्चित कृति मुनामदनको सारांश रहेको छ ।

शान्तिले संगीतबद्ध गरेका गीत बिमला सेन्चुरी, मीना निरौलाले गाइरहँदा पलेंटीमा बाध्यवाधकको एक समूहले पनि साथ दिइरहेको छ ।

नेपाली साहित्यको चर्चित कृति मुनामदनमा ठटालले सन् १९७० मा धुन भरेकी थिइन ।  अहिले पलेंटीमा सोही कृतिको वाचन आकर्षणको केन्द्र बनेको छ ।

आफूले संगीतवद्ध गरेका गीत दशकौंपछि पलेटीमा गुन्जिँदा निकै गर्व महसुस भएको ठटालले बताइन ।

संगीतप्रति लगाव भएकी ठटालले कोलकाताको एकेडेमी अफ डान्स ड्रामा इन म्युजिक कलेजमा चार वर्षको शास्त्रीय संगीतको कोर्ष पूरा गरेकी थिइन ।

ठटालले दर्जनौ नेपाली चलचित्रका गीतमा संगीत भरेकी छन् ।

८० को दशकमा पनि गीत गाउने भन्दै ठटाल दार्जिलिङदेखि काठमाडौं आएकी हुन् ।

उनको भावी योजना भने नेपाली सांगीतिक जगतका लागि नयाँ कोशेली दिने रहेको छ ।

नेपाली गीत संगीतले पछिल्लो समय निकै नै छलाङ मारेको भन्दै ठटालले नेपाली गीत संगीत संधै अजर र अमर रहने बताए ।

उनको यो जोश र जाँगर नेपाली गीत संगीत प्रेमीका लागि प्रेरणाको स्रोत बन्नेमा द्विविधा छैन ।