६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


विहानै काठमाडौंको कान्तिपथमा जिप दुर्घटना, अस्पताल गएका सबै यात्रु फरार ! (भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं । काठमाडौंको कान्तिपथमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

ठमेलतर्फबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जिप आज बिहान ६ बजे दुर्घटना भएको हो ।

द्रुत गतिमा गइरहेको जिप एक्कासी बारमा रोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनालगत्तै स्थानीयले जिपमा रहेका तीन जनालाई उद्धार गरेर ग्रान्डि सिटी अस्पतालमा पुर्‍याएको भए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।

चालकसहित जिपमा सवार व्यक्तिहरु नै फरार भएपछि उनीहरुको खोजी गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।