६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


‘समय सुहाउँदो परराष्ट्र नीति बन्नुपर्छ’


0
Shares

काठमाडौं, असार १३ । सरकारले संविधानको भावनाअनुरुपको परराष्ट्र नीति तय गर्ने भन्दै शनिबार सरोकारवालाहरुसँग छलफल गर्ने तयारी गरेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गर्ने छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरु, परराष्ट्रविद्हरु, अर्थविद्, नेपाली सेना तथा राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी हुनेछन् ।

परराष्ट्र नीतिका जानकारहरुले भने आधारभूत मूल्य–मान्यतालाई कायम राख्दै राष्ट्रिय हित सम्वर्द्धन गर्नेखालको दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ २१औं शताब्दीको गतिशील समय सुहाउँदो परराष्ट्र नीति बन्नुपर्ने बताउँछन् ।

विगतमा पनि बहुपक्षीय छलफल गरी मस्यौदा तयार पारिएको तर त्यसपछिको काम अगाडि बढ्न नसकेको विज्ञहरुको अनुभव छ ।

यो छलफलबाट पनि ठोस नीति निर्माण हुन नसक्ने तत्कालीन मस्यौदा समितिका सदस्य डा. गोपालप्रसाद पोखरेलको दाबी रहेको छ ।

बदलिँदो भूराजनीति, छिमेक नीति, आर्थिक कूटनीति, बदलिँदो क्षेत्रीय तथा बहुपक्षीय मामिलामा नेपालको भूमिका र नयाँ मुद्दाहरुमा विज्ञहरुसँग छलफल गरिने मन्त्रालयले जनाएको छ ।

दुई सत्रमा चल्ने छलफल कार्यक्रमको दोस्रो सत्रमा विभिन्न कार्यपत्रसमेत पेस हुनेछन् ।