६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल


0
Shares

काठमाडौं, असार १३ । प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ज्येष्ठ नागरिकका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

ज्येष्ठ नागरिकहरुले आफूहरुको सम्मान हुनेगरी विधेयक अगाडि बढाउन सुझाव दिएका छन् ।

ज्येष्ठ नगारिक समाजका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरु समाजबाट अपहेलित भएकाले उनीहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।

सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल, गंगा चौधरीलागयतले ज्येष्ठ नागरिक आफ्नै घरमा अपहेलित हुनुपर्ने अवस्था भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

उनहरुले ज्येष्ठ नागरिकको सम्मानका लागि टोल–टोलमा दिवा सेवालगायतका सेवालाई प्राथमिकता दिनुपर्ने बताए ।

६० वर्ष उमेर पूरा भएकाहरुलाई सरकारले ऋण नदिने गरेको भन्दै धितो राखेर ऋण दिने व्यवस्था गर्न पनि उनीहरुले ध्यानाकर्षण गराएका थिए ।