
काठमाडौं, भदौ ३० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने यूएई पुगेका छन् ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सहभागिता जनाएर इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेट खेल्न सन्दीप यूएई पुगेका हुन् ।
दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका सन्दीप आइतबार राति यूएई पुगेर ‘क्वारेन्टिन’मा बसिरहेको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन् ।
दिल्लीले सन्दीपलाई ‘हेर उनी आए’ क्याप्सन लेखेर ट्वीटरमार्फत् जानकारी दिएको छ ।
कोरोनाभाइरसको महामारीका कारण ढिलागरी आईपीएलको १३औं संस्करण भारतको सट्टा यूएईमा आउँदो शनिबारदेखि सुरु हुँदैछ ।
दिल्लीले पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबसँग आउँदो आइतबार खेल्नेछ । उक्त खेलमा सन्दीप सहभागी हुने सम्भावना कम रहेको छ ।
जमैका तलाबाजबाट सीपीएलमा खेलेका सन्दीपले सबै खेलमा मैदानमा उत्रिएर ११ खेलमा १२ विकेट लिएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्