६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


चन्द समूह प्रतिक्रान्तिकारी : सन्चारमन्त्री


0
Shares

काठमाडौं, असार १२ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रान्तिकारी समूह भएको आरोप लगाएको छ ।

सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चन्द कहीँबाट सन्चालित रहेको भन्दै सो समूहको उद्देश्य प्रतिक्रान्ति भएको बताए ।

मन्त्री बाँस्कोटाले चन्द समूह अपराधी र फाँसीवादीसमेत भएको आरोप पनि लगाए ।

सरकारले ‘क्लीन फिड’ प्रणाली लागू गराएरै छाड्ने भन्दै उनले केबुल व्यवसायीहरुको विरोध ‘ट्रेलर’मै सीमित रहने बताए ।

नेपाली मिडियामा अब ‘साम्यवाद आयो–आयो’ भन्दै उनले क्लीन फिड सबैको हितमा रहेको पनि दाबी गरे ।

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सातओटा सम्पदालाई खतराको सूचीमा राख्ने युनेस्कोको प्रस्ताव पारित नहुने दाबी गरे ।

अजरबैजानमा हुने युनेस्कोका ४३औं ‘सेसन’मा सहभागी हुन पर्यटनसचिवको नेतृत्वमा टोली जान लागेको पनि उनले बताए ।