
काठमाडौं, असार १२ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप तीनजनालाई बयानका लागि बोलाएको छ ।
आयोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगद्वारा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित हुपेन्द्रमणि केसीलाई बयानका लागि बोलाएको हो । उनीहरुलाई सात दिनभित्र बयानका लागि उपस्थित हुन भनिएको छ ।
आयोगले बुधबारमात्र सार्वजनिक सूचना प्रकाशित गरी ललिता निवासको जग्गा व्यक्तिका नाममा ल्याउने कार्यक्रममा संलग्न मालपोतका कर्मचारीसहित ८६ जनालाई बयानका लागि बोलाएको थियो ।
भाटभटेनी सुपरमार्केटका सन्चालक मीनबहादुर गुरुङको परिवारलाई पनि बयानका लागि बोलाइएको छ ।
ललिता निवासको सरकारी जग्गामा अनधिकृत मोही बन्नेहरूलाई पनि अख्तियारले बयानका लागि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्