३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेपाल टिम च्याम्पियन, रुबिका सिनियर महिलातर्फ उत्कृष्ट खेलाडी


0
Shares

काठमाडौं, असार ३२ । नेपाल दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।

नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतले ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा तुर्किमिनिस्तानले सात स्वर्ण, दुई रजत र एक कास्यपदक जिते ।

नेपालले जुनियर र सिनियर दुवै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ ।

जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण, ४३ रजत र ६१ कास्य प्राप्त गर्दा दोस्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण, १२ रजत र १२ कास्यपदक ल्याएको छ ।

सिनियरतर्फ नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण, १२ रजत र १९ कास्यपदक जित्दा दोस्रो स्थानमा रहेको भारतले भने ९ स्वर्ण, १७ रजत र २७ कास्य हात पारेको छ ।

प्रतियोगितामा तीन स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ वर्षसम्मको ‘ब्ल्याकबेल्ट’को स्पाइरिङमा स्वर्ण जितिन् ।

सिनियर पुरुषतर्फ तुर्किमिनिस्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते ।

जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए ।

नेपाल आइटीएफ तेक्वान्दोको आयोजनामा सन्चालन भएको प्रतियोगितामा महिला १० वर्षमुनिको उमेर समूहको २० केजीमुनिको स्पाइरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जितिन् ।

त्यस्तै, १४ देखि १५ वर्षको कलरबेल्टको स्पाइरिङ नेपालले पाँच स्वर्ण जित्न सफल भयो । सोअनुसार ३५ केजीमुनि नेपालकी निशा पुलामीमगर, ४५ केजीमुनि अभिना राई, ५५ केजीमुनि अनिष कार्की, ६० केजीमुनि कोपिला स्याङ्ताङ र ६५ केजीमुनि डोल्मा गुरुङले स्वर्ण जिते ।

सोही प्रतियोगितामा १५ देखि १७ वर्षको कलरबेल्टको महिला स्पाइरिङमा नेपालले तीन स्वर्ण जितेको छ । नेपालका लागि ४५ केजीमुनि रश्मी थापामगर, ५२ केजीमुनि सचिता सुनुवार र ५८ केजीमुनि चुम्ला शेर्पाले स्वर्ण जिते ।

महिला १८ देखि ३९ वर्षको सिनियर कलरबेल्टको ५२ केजीमुनि नेपालकी निश्चल राईले स्वर्ण जितिन् ।

महिला १५ देखि १८ वर्षको ब्ल्याकबेल्टमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । सविना लामाले ५५ केजीमुनि, करिश्मा घर्तीमगरले ६४ केजीमुनि र कन्याम लिम्बूले ७० केजीमाथि स्वर्णपदक हात पारे ।

महिला १८ देखि ३९ वर्षको ब्ल्याकबेल्टमा नेपाल चार स्वर्ण जित्न सफल भएको छ । नेपालका लागि ४७ केजीमुनि रुबिका, ५२ केजीमुनि रञ्जु पुलामीमगर, ५७ केजीमुनि रिना धिमाल र ७७ केजीमुनि सिर्जना राईले स्वर्णपदक हात पार्न सफल भए ।

कलरबेल्टमा सचिता सुनुवार, दोस्रो डान ब्ल्याकबेल्टमा निश्मा बस्याल, तेस्रो डान ब्ल्याकबेल्टमा सोनी खड्का र चौथो डान ब्ल्याकबेल्टमा तुलसा राजथलाले आ–आफ्नो खेलमा स्वर्ण जिते ।

महिला टिम प्याटन र टिम स्पाइरिङमा पनि नेपालले दुई स्वर्ण जित्यो । प्याटनमा रुबिका, रिना, निश्मा, तुलसा राजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाइरिङमा सोनी खड्का, रुबिका, सञ्चिता लामा, शान्ति खत्री, रिना र सिर्जना राईको समूहले स्वर्ण जितेका थियो ।

पुरुष १० वर्षमुनि नेपालले दुई स्वर्ण जित्न सफल भयो । २२ केजीमुनि अभिषेक राई र ३२ केजीमुनि लक्की राईले स्वर्ण जितेका छन् ।

पुरुष १० देखि १३ वर्षमुनिको कलरबेल्टमा नेपालले ६ स्वर्ण जित्न सफल भएको छ । ३० केजीमुनि किस्मत पुन, ३५ केजीमुनि शिशिर राई, ४० केजीमुनि शिवम घर्तीमगर, ४५ केजीमुनि, विनोद रखाल, ५० केजीमुनि विजय सारु र ५५ केजीमुनि निलेश थापामगरले आ–आफ्नो खेलमा स्वर्ण जितेका छन् ।

पुरुष १४ देखि १५ वर्षको कलरबेल्टमा नेपालले दुई स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजीमुनि र अभिषेक राईले ६० केजीमुनि स्वर्ण जितेका छन् ।

पुरुष १६ देखि १७ वर्षमुनि कलरबेल्टमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजीमुनि, सुजन शाही ठकुरी ५१ केजीमुनि, पूर्ण लोप्चनले ५७ केजीमुनि र सुमित खुलालमगरले ७५ केजीमाथिको खेलमा स्वर्ण जिते ।

पुरुष १८ देखि ३९ वर्षमुनिको कलर बेल्टमा नेपालले तीन स्वर्ण जितेको थियो । किरण कुँवरले ५८ केजी, चूडामणि कुँवरले ६४ केजी र देवीकुमार थारुले ७१ केजीमुनि स्वर्ण जिते ।

पुरुष १५–१८ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपालले सात स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजीमुनि श्याम राई, ५१ केजीमुनि विशाल बुढामगर, ५७ केजीमुनि अनिल तामाङ, ६० केजीमुनि कृष्ण बस्नेत, ६३ केजीमुनि प्रताभ कार्की, ६९ केजीमुनि अञ्जिल कुँवर र ७५ केजीमाथि साजन बच्चमैयाले स्वर्ण दिलाए ।

पुरुष १८–३९ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपालले दुई स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजीमुनि सागरशमशेर कुँवर र ७८ केजीमुनि चाउची डंगोलले स्वर्ण जिते ।

गत शुक्रबारदेखि आइतबारसम्म भएको उक्त प्रतियोगितामा पुरुष पाँचौं डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण जिते ।

त्यस्तै, टिम स्पाइरिङमा नेपालले स्वर्ण जित्यो । चाउची, लीलाधर बस्नेत, दिनेश बुढामगर र वीर कुँवरको टोलीले भारतलाई ३–२ को स्कोरमा पराजित गरेको थियो । रासस