
बाग्लुङ । बाग्लुङमा अग्नीपीडितको आवास पुनःनिर्माण भएपछि गाउँको स्वरुप नै परिवर्तन भएको छ ।
गत मंसिर ९ गते बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ ढोरपाटन नबी गाउँमा भएको भीषण आगलागीबाट घरबासविहीन बनेका ३९ घरका ४२ परिवार अग्नी पीडितको आवास पुनःनिर्माण भएको छ ।
घर निर्माण भएपछि उनीहरुमा खुसी छाएको छ । पछिले खरले छाएका घरहरु अहिले सबै निलो जस्तापाताले छाइँदा गाउँ नै सुन्दर बनेको छ ।
अग्नीपीडितलाई ढोरपाटन नगरपालिकाले प्रति परिवार १/१ लाख राहत दिएको थियो भने नगर प्रमुख देवकुमार नेपालीले प्रतिपरिवारलाई घर छाउने जस्तापाता उपलब्ध गराएका थिए ।
अग्नी पीडितलाई राहत रकमसँगै सोलार पातासमेत उपलब्ध गराइएको छ ।
आगलागीबाट घर जलेपछि छाप्रोमा बस्दै आएका मनराज विकले ढोरपाटन नगरपालिका, नगर प्रमुखको सहयोग र आफुहरुको केही लगानीमा घर निर्माण गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्