६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयक खारेज गर्न माग गर्दै पत्रकारको प्रदर्शन


0
Shares

काठमाडौं, असार ११ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकहरु खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन गरिएको हो ।

सो अवसरमा कार्टुन प्रदर्शनी र कवितावाचनसमेत गरिएको थियो ।

पत्रकारहरुले वर्तमान सरकारप्रति तीखो व्यंग्य गर्दै कवितावाचन गरेका थिए ।

महासंघलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकहरु खारेज नगरेसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।