६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


पाँचथरमा वर्षापछि पहिरो, १५ घर–परिवार विस्थापित


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, असार ११ । पाँचथरको दुर्गम याङवरक गाउँपालिका–२, चिङमामा मंगलबार राति अत्यधिक वर्षापछि आएको पहिरोका कारण १५ घर–परिवार विस्थापित भएका छन् ।

पहिरोले स्थानीय पहलमान राईको एउटा घर बगाएको छ भने वडा नम्बर–२ को मुक्लाबुङ, धिमाले र बेतेनी गाउँका १५ घरमा क्षति पुगेको छ ।

विस्थापित ६० भन्दा बढीलाई नजिकैको विद्यालय र सार्वजनिक स्थानहरुमा सारिएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए ।

पहिरोले पशु–चौपायासमेत बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालको नेतृत्वको टोली, थर्पुबाट सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन् ।