
गैंडाकोट, असार १० । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको गैंडाकोटमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
स्थानीय ४० वर्षीय तिलचन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएको हो । ना२७प ५३६ नम्बरको मोटरसाइकलमा सवार अधिकारीलाई ना७ख ७७१ नम्बरको ट्रकले गएराति पौने १० बजे ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा राति सवा १० बजे मृत्यु भएको हो । दुर्घटनालगत्तै ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्