
काठमाडौं, असार ९ । गुठी विधयेक खारेजीको माग गर्दै सरोकारवालाहरुले सोमबार कालोझन्डासहित खबरदारी जुलुस निकालेका छन् ।
काठमाडौंको न्यूरोडबाट सुरु भएको र्याली महाँकाल, वीर अस्पताल, रत्नपार्क भृकटीमन्डप, भद्रकाली, सुन्धारा, खिचापोखरी, ओमबहाल हुँदै वसन्तपुर पुगी विरोधसभामा परिणत भएको थियो ।
विरोधसभाका वक्ताहरुले गुठी विधयेक खारेज हुनुपर्ने माग गर्दै सरकारले विधयेक फिर्ता लिने र सरोकारवालाहरुसँग छलफल नगरी विदेशीको इसारामा विधेयक दर्ता गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।
उनीहरुले विधेयक पूर्णरुपमा खारेज नभएसम्म आन्दोलन सेलाउन नदिने बताए ।
विरोधसभामा गृहमन्त्री, सन्चारमन्त्री, भूमि व्यवस्थामन्त्रीको राजीनामा मागसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्