Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कन्चनपुर भन्सारका तत्कालीन नासु भट्टराईविरुद्ध दुई करोड बढी भ्रष्टाचारको मुद्दा


0
Shares

काठमाडौं, असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुर भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध दुई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विशेष अदालतमा भट्टराईले पदमा रहँदा कमाइ गरेको सम्पतिमध्ये दुई करोड ८ हजार रुपैयाँको स्रोत नखुलेको भन्दै अवैध आर्जनको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनी सरकारी सेवामा प्रवेश गरेदेखिको पारिश्रमिक बचत, पुरस्कार, प्रोत्साहन भत्ता तथा कमिसन आय, कृषि आय, घरबहाल आय, घरजग्गा, सेयर बिक्री, भत्ता तथा कर्जाबाट गरेको आम्दानी एक करोड १४ लाखमात्रै हुने अनुसन्धानबाट खुलेको पनि अख्तियारले जनाएको छ ।

तर, भट्टराईको सम्पति तीन करोड १४ लाख ९९ हजार पाइएको अख्तियारले जनाएको छ ।