२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


उपप्रधानमन्त्री ईश्वर पोखरेलले वाचन गरे आफ्नो कविता (भिडियो)


0
Shares

काठमाडौं, असार ९ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सघाउन विज्ञहरुलाई आग्रह गरेका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औं वार्षिकोत्सव कार्यक्रममा उनले विज्ञहरुको सल्लाह–सुझाव लिएर गरिने राजनीतिले सुुसंस्कृत समाज निर्माणमा सहयोग गर्ने बताए ।

वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव पनि आयोजना गरिएकाले उपप्रधानमन्त्री पोखरेलले आफ्नो कवितावाचन गरेका थिए ।

कार्यक्रममा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली भाषाले देशभित्र र बाहिरका नेपालीहरुलाई जोडेर राखेकाले यसको सम्वर्द्धन गर्न आवश्यक रहेको बताए ।

कविता महोत्सवमा देशभरबाट छानिएका ३१ जना कविले कवितावाचन गरेका थिए ।

भिडियो हेर्नुहोस्