२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अन्तरिक्षमा फिल्म सुटिङको तयारी गरिरहेका टम क्रुज बाइकका सौखिन


0
Shares

काठमाडौं । हलिउड स्टार टम क्रुज बाइक(मोटरसाइकल)का सौखिन हुन ।

तर केही दिन अघि उनी आगामी फिल्म ‘मिसन इम्पोसिबल ७’ को छायांकनका क्रममा बाइक स्टन्ट गर्दा घाइते भए ।

स्टन्ट गर्ने क्रममा बाइकमा आगो नै लाग्यो । यद्यपी, उनी बाइक क्रेजी भन्ने पक्कै पनि हुन ।

किनकी उनका अधिकांश फिल्म बाइक स्टन्ट गरेका दृश्यहरु प्रशस्त देख्न पाइन्छ । ५५ वर्षीय टम रियल स्टन्ट दिने कलाकारका रुपमा पनि चिनिन्छन् ।

क्रुजले १० वर्षको उमेर देखि बाइक चलाउन थालेका थिए । उनीसँग १० कम्पनीका बाइकहरुको संग्रह रहेको छ ।

उनले पहिलो फिल्म टप गनमा कावासाकी निन्जा जीपीजेड९००आर चलाएका थिए । टप गनको सेकेन्ड भागमा उनले कावासाकीको निन्जा एच २ चलाएका थिए ।

अन्तरिक्षमा फिल्म सुटिङको तयारी गरिरहेका क्रुज साहसिक खेलमा पनि सौखिन छन् । उनले अन्तरिक्षमा फिल्म सुटिङ गर्ने कुरा नासाले पुष्टि गरिसकेको छ ।(एजेन्सी)