१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सुशान्तसिंह राजपूत मृत्यु प्रकरण : विद्या वालनको बेग्लै प्रतिक्रिया


0
Shares

काठमाडौं । जुन १४ मा आफ्नै निवासमा मृत अवस्थामा फेला परेका बलिउड कलाकार सुशान्तसिंह राजपूत मुद्दामा यतिबेला सीबीआई, ईडी र एनसीबीले छानविन गरिरहेको छ ।

सुशान्तको मुद्दामा उनकै प्रेमिका रिया चक्रवर्तीलाई पनि अभियुक्त बनाइएको छ । सुशान्तका पिताले रियासहित ६ जनाविरुद्ध पटनामा उजुरी दिएपछि छानविन फरक कोणबाट भइरहेको छ ।

सीबीआईसहित तीनवटा निकायले छानबिनको जिम्मेवारी लिएका छन् । शुसान्त मृत्यु प्रकरणका बारेमा धेरै कलाकार मौन छन् ।

तर यो साता अभिनेत्री विद्या बालनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् । विद्याले रियाको पक्षमा आफ्नो धारणा राखेको भारतीय मिडियाहरुले जनाएका छन् ।

आरोप लागेकै भरमा रियामाथि भइरहेको मिडिया ट्रोलको विरोधमा विद्याले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया दिएकी हुन् ।

सुशान्तको निधन मिडिया सर्कस बनिसकेको र रियामाथि आरोपप्रत्यारोप र घटिया कुराले मेरो मन दुखेको विद्याको भनाइ छ ।

विद्याले कानुन अनुसार काम गर्न दिन पनि माग गरेकी छन् । संवैधानिक अधिकारका लागि केही सम्मान देखाउन उनले सबैमा अनुरोध गरेकी छन् । एजेन्सी