Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


मणिपाल अस्पतालका चिकित्सकको गाडीको ठक्करबाट बालकको मृत्यु


0
Shares

कास्की, असार ७ । पोखरामा शनिबार बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग३च ४३६ नम्बरको गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८, माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

बिहान करिब ८.३० बजे बुवा–आमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो । त्यसलगत्तै बालकलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनालगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस