
प्रतीक्षा खनाल र नवीन स्थापित (इमेज)
काठमाडौं, असार ४ । फेसनका पारखीहरु गर्मी मौसमलाई अनुकूल मान्छन् ।
चिसो मौसमको तुलनामा गर्मी मौसममा नयाँ–नयाँ फेसन प्रयोग गर्नेहरु धेरै देखिन्छन् ।
थरीथरीका डिजाइन र रंगिविरंगी परिहनमा ‘स्टाइलिस लुक्स’ पस्कन अहिले काठमाडौंमा तँछाड–मछाडजस्तै देखिन्छ ।
केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम ३० डिग्री सेल्सियसभन्दामाथि रहँदै आएको छ ।
तापक्रम उकालो चढ्दै गर्दा सामान्य दिनचर्या कठिन हुँदै गएपनि फेसनका पारखीलाई यसले अनुकूल बनाएको छ ।
हल्का र विभिन्न डिजाइनका रंगिविरंगी पहिरनमा स्टाइलिस्ट लुक्समा धेरै युवा–युवती अहिले राजधानीका सडकमा देखिने गरेका छन् ।
गर्मी मौसमबाट बच्न हल्का र स्टाइलिस्ट देखिने फेसन उपयुक्त हुने फेसनका पारखीहरु बताउँछन् ।
गर्मीबाट राहत पाउन पहिरनको शैली पनि बद्लिएको भान हुन्छ ।
गर्मीयाम उत्कर्षमा पुगेको बेला काठमाडौंका सडकमा हिँड्दै गरेकाहरुको पहिरनमा विविधतासमेत देख्न सकिन्छ । गर्मीसँगै आफ्नो पहिरनलाई परिस्कृत गर्दै लैजानेको कमी छैन ।
गर्मी मौसममा पनि स्टाइलिस र आकर्षकरुपमा प्रस्तुत् हुनकै लागि मौसम अनुकूल पहिरनप्रतिको मोह बढ्दै गएको हो ।
गर्मी मौसममा हल्का, खुकुलो र नरम कपडा लगाउनु उचित हुन्छ । त्यसैअनुरुप विभिन्नखाले डिजाइन र रङका पहिरनको प्रयोग धेरै भएको पाइन्छ ।
गर्मीले पहिरनका साथै व्यक्तिको दिनचर्यामा पनि केही फरक ल्याएको छ । खानपान र छालाको हेरचाहमा पनि परिवर्तन आएको छ ।
प्रतिक्रिया दिनुहोस्