
काठमाडौं, असार ४ । गुठी विधेयकविरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमले बुधबार काठमाडौंको माइतीघर मन्डलामा खबरदारीसभा गरेको छ ।
सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठीको परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार र सहभागिताका लागि खबरदारी गर्न खबरदारीसभा गरिएको जनाइएको छ ।
गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज नै हुनुपर्ने सभामा सहभागीहरुले माग गरेका थिए ।
खबरदारीसभाअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नाराबाजी गर्दै र्यालीसहित उनीहरु माइतीघर मन्डलामा पुगेका थिए ।
गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सरकारले मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्