११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


टिपरको ठक्करबाट दुई जनाको मृत्यु


0
Shares

केदार कटवाल

उदयपुर, असार ४ । चौदण्डीगढी नगरपालिका–७ लाटीखोलामा टिपरले ठक्कर दिदा दुई युवकको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका ७ मा आज विहान ११ बजे मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलटार–बसाहा खण्डको लाटी खोलामा दुर्घटना भएको हो  ।

बसाहाबाट बेलटारतर्फ आउँदै गरेको स४प३६१ नम्बरको मोटर साइकल सोही दिशाबाट आउँदै गरेका बा२क ७०९ नम्बरको ट्रिपरले ठक्कर दिदा चौदण्डी गढी नगरपालिका– ४, बसाहा बस्ने बर्ष ४८ का खगेन्द्र राई र वर्ष ४० का जीवन राईको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले बताए ।

टिपर चालक चितवन घर भएका सरोज प्रजा फरार रहेको बताइएको छ । दुर्घटनामा संलग्न ट्रिपर प्रहरीको नियन्त्रणमा छ ।

टिपर मदन भण्डारी लोक मार्ग अन्तर्गत निर्माण हुने पुलको लागी रसुवाको भेक–तुन्दी जेभीले प्रयोग गरेको प्रहरीले बताएको छ ।

आफन्तले शव बुझ्न अस्वीकार गरेपछि घटनास्थल तनावग्रस्त रहेको छ ।