११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


माइतीघरमा खबरदारी सभा, प्रदर्शनकारीले नारा लगाए– गुठी विधेयक फिर्ता होइन खारेज गर


0
Shares

काठमाडौं, असार ४ । गुठी विधेयक खारेज गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ ।

सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका छन् ।

विधेयक फिर्ता लिएर सरकारले भ्रम सिर्जना गर्न खोजेको उनीहरुको भनाइ छ । अनुकुल समयमा फेरि पेश गर्न सक्ने गरी सरकारले तत्काल फिर्ता लिएको ठहर गर्दै प्रदर्शनकारीहरुले खारेजीको माग गरेका हुन् ।

गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकारका लागि खबरदारी गर्न आयोजित प्रदर्शन एवं खबरदारी सभामा ठूलो जनसहभागिता देखिएको छ ।