
काठमाडौं, असार ३ । ‘गुठियार सामन्ती होइन’ भन्दै गुठी विधेयकविरुद्ध नागरिक एकता सामाजले मंगलबार काठमाडौंमा कोणसभा आयोजना गरेको छ ।
बांगेमुढामा आयोजित कोणसभामा वक्ताहरुले गुठी नेपालको संस्कृति, परम्परासँग जोडिएको भन्दै यो राष्ट्रको अस्तित्व पहिचान गराउने पक्षसँग गाँसिएको बताए ।
मानवअधिकारकर्मी नरेशवीर शाक्यले गुठी जग्गा–जमिनको भोगको विषय नभएको भन्दै गुठियारलाई ‘सामन्ती’ भन्ने सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा माग गरे ।
कोणसभामा नेवार समुदायविरुद्ध अभिव्यक्ति दिने सांसदहरुलाई पनि खबरदारी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्