
कपिलवस्तु, असार ३ । कपिलवस्तुको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर मंगलबार दिउँसो तीनजनाको मृत्यु भएको छ ।
शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका वडा नम्बर–६ का तीनजनाको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा आंशिक भट्टराई, निराजन भुसाल र सुमित सुनार रहेका छन् । उनीहरुको उमेर १८ वर्षदेखि २२ वर्षसम्म रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्