११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


बस दुर्घटनामा एकको मृत्यु, २० घाइते


0
Shares

हेटौंडा, असार २ । चितवनको नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नम्बरको यात्रुवाहक बस हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौंडा–वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भई अस्पताल लगिएकी उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । 

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौंडास्थित चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । (रासस)