११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


गुठी विधेयक तत्काल फिर्ता लिन माग


0
Shares

काठमाडौं, असार १ । विश्व हिन्दु युवा संघ तथा त्यसअन्तर्गत्का समितिहरुले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् ।

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरी विभिन्न गुठी र गुठीहरुअन्तर्गत् रहेका जग्गा–जमिन तथा सम्पत्ति मास्नका लागि विधेयक ल्याइएको भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

देशका विभिन्न ठाउँमा रहेका महागुठीको जग्गामा पनि भूमाफियाको नजर गएको संघले दाबी गरेको छ ।

सो अवसरमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले सरकारको दम्भ र घमन्डले काम नगर्ने भन्दै विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए ।

कार्यक्रममा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले हिन्दुमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको भन्दै सरकारले दुई/चारजनाको स्वार्थका लागि काम गरिरहेको आरोप लगाइन् ।