११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


भूमे पर्व मनाइदैं


0
Shares

दाङ, असार १ ।  मगर समुदायको प्रमुख चाड भूमे पर्व दाङसहितका मगर समुदायको वाहुल्यता रहेको जिल्लामा धूमधामका साथ मनाइएको छ ।

भूमे पर्व मगर समुदायले असारको पहिलो साताभर भूमि अर्थात् प्रकृतिको पूजा गरी नाचगान गरेर मनाउने गर्छन् । आफ्नो संस्कृति जोगाउन र हिउँदे बाली भित्र्याईसकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् भन्ने विश्वासका साथ यो पर्व मनाउने प्रचलन छ ।

परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि एक हप्तासम्म यो पर्व मनाउने गरिन्छ । भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरुमा गएर नाचगान गर्ने र थकाई मार्ने चलन छ ।