११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


संसदीय समितिले निर्देशन तुरुन्त फिर्ता लिनुपर्ने लोकसेवाका आकांक्षीको माग


0
Shares

काठमाडौं, जेठ ३१ । लोकसेवा आयोगको विज्ञापन रद्द गर्ने निर्देशनविरुद्ध आन्दोलित बनेका आकांक्षीहरुले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो निर्देशन तुरुन्त फिर्ता लिनुपर्ने माग गरेका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले लोकसेवाको विज्ञापनमा कुनै कमजोरी नरहेको भन्दै तोकिएकै समयमा परीक्षा हुनुपर्ने माग गरेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिले असार ३ गतेसम्म निर्देशन फिर्ता नलिए कडा आन्दोलन घोषणा गर्ने पनि आकांक्षीहरुको चेतावनी रहेको छ ।