१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


स्थानीय तहमा पूर्वाधार विकासका गतिविधि बढ्दै


0
Shares

सिन्धुली, जेठ ३१ । सिन्धुलीका स्थानीय तहमा पूर्वाधार विकास हुने क्रम बढेको छ । सरकारले जिल्लाको हायुटार बस्तीपुर क्षेत्रलाई घ्याङ्गलेख गाउँपालिका घोषणा गरेपछि त्यस क्षेत्रका निर्वाचित जनप्रतिनिधिको अगुवाईमा स्थानीय तहमा पूर्वाधार विकास हुने क्रम बढेको हो ।

सिन्धुलीमाडीबाट करिव २२ किलोमिटर दुरीको पश्चिममा पर्ने हायुटार बस्तीपुर क्षेत्रमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई महत्व दिँदै कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

घ्याङ्गलेख गाउँपालिकाको मानव विकासको सूचकांक वृद्धि गर्न गाउँपालिकाले स्थानीयस्तरमा विभिन्न जनचेतामूलक कार्यक्रम सञ्चालन गरेपछि मातृशिशु मृत्युदरमा कमी आउनुका साथै साक्षरको संख्यामासमेत वृद्धि हुँदै गएको छ ।

गाउँपालिका क्षेत्रका हायुटार, रामपुर, कोल्टार, तामाजोरलगायतका स्थानमा विकासका सम्भावना बढेसँगै मानव बस्ती बढ्नुका साथै शहरीकरणसमेत हुँदै गएको छ ।