
काठमाडौं । बुद्धि तामाङ ‘हैट’ लाई उमेश राई ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएकी छिन् ।
यो धम्की वास्तविक नभई गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत ‘बुढेशकालको लौरी’ मा देखाइएको एक रोमान्टिक गीतको कथा हो । बुद्धि र फुलन्दे आमाको चर्चा रहेका बेला उनीहरुको नयाँ गीतले अहिले राम्रो चर्चा पाइरहेको छ ।
गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् शब्द मार्फत्, जसमा शर्माकै संगीत रहेको छ ।
निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकाश दाहालले गरेका छन् । भिडियो फुलेन्देको आमा बोलको च्यानलबाट सार्वजनिक गरिएको भिडियोले जीवन साथी भनेको दिन उमेर र वैँश छँदामात्रै नभई बुढेसकालको सहारा पनि हो है भन्न खोजेको छ ।
प्रतिक्रिया दिनुहोस्