काठमाडौं, जेठ ३० । नेपाली चलचित्र ‘वीर विक्रम २’को युट्युब च्यानलमा समीक्षा गरेको आरोपमा पक्राउ परेका प्रनेश गौतमविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत् अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
उक्त समीक्षाविरुद्ध निर्देशक मिलन चाम्लिङ राईले यही जेठ १० गते महानगरीय अपराध महाशाखामा जाहेरी दिएका थिए ।
निर्देशकको मान–प्रतिष्ठामा खलल पुर्याएको, चलचित्रको व्यापार–व्यवसायमा घाटा पुर्याएको, झुठ्ठा प्रचार–प्रसार गरी गाली–गलौज गरेको र कलाकारको मान–प्रतिष्ठामा आँच पुर्याएकोलगायतका आरोप गौतममाथि लगाइएको छ ।




प्रतिक्रिया दिनुहोस्