१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


लोकसेवाको विज्ञापनः बिहीबारसम्म एक लाख चार हजार २१८ जनाको आवेदन


0
Shares

काठमाडौं, जेठ ३० । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन रद्द गर्न भने पनि आयोगले आवेदन लिनेक्रम भने जारी राखेको छ ।

लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले बिहीबारसम्म एक लाख चार हजार २१८ जनाले आवेदन दिइसकेको जानकारी दिए ।

आवेदनवापत एक करोड ८० लाख ६६ हजार ४०० रुपैयाँ राजश्व उठेको पनि शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले विज्ञापन विवाद सर्वोच्च अदालत पुगिसकेकाले आयोगलाई सर्वोच्चको फैसला स्वीकार्य हुने बताए ।

सर्वोच्च अदालतले कर्मचारी भर्नाको विज्ञापन विवादबारे छलफल गर्न असार ३ गते दुवै पक्षलाई डाकेको छ ।