
काठमाडौं, जेठ ३० । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि गठित समितिले जेठ मसान्तसम्म पनि सिफारिस नगर्ने भएको छ ।
समितिका सदस्य शर्मिला कार्कीले जेठ २७ मा समितिको बैठक बसेर दुवै आयोगमा पदाधिकारी सिफारिस गर्ने बताएपनि जेठ २७ गते बैठक नै बस्न नसकेको बुझिएको छ ।
समितिका अध्यक्ष ओमप्रकाश मिश्र बिदामा रहेकाले बैठक बस्न नसकेको हो । अब असार ८ गते समितिको बैठक बस्ने तय भएको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेकाले पनि पदाधिकारी सिफारिसमा ढिलाइ भएको समितिनिकट स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्