
काठमाडौं, जेठ ३० । नेवार समुदायभित्रका मुस्लिमहरुले गुठीसम्बधी विधेयक खारेजीको माग गरेका छन् ।
बिहीबार काठमाडौंकोे इन्द्रचोकमा उनीहरुले गुठी विधेयकविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।
नेवाः मुस्लिम समाजले आयोजना गरेको विरोध कार्यक्रमका स्थानीय नेवार मुस्लिम वक्ताहरुले विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
नेपालमा शताब्दीयौंदेखि बसोबास गर्दै आएका नेवार मुस्लिमहरुले गुठी प्रणालीअनुसार नै मस्जिद र मदरसा सन्चालन गर्दै आएका छन् ।
नेवार मुस्लिमहरु मल्ल राजा रत्न मल्लको पालादेखि नेपालमा बस्दै आएको लिखित इतिहास छ ।
प्रतिक्रिया दिनुहोस्