Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सुनसरीमा काठ तस्करी बढ्यो, बहुमूल्य काठको चोरी


0
Shares

सुनसरी । कोरोना महामारीको त्रासले जनजीवन प्रभावित भइरहेका बेला सुनसरीमा भने वन तस्करी बढेको छ ।

सुनसरीको चारकोसे जङगल क्षेत्रमा तस्करहरुको समूह प्रवेश गरी सालका काठ तस्करी गर्ने गरेका छन् ।

तस्करहरुको समूहले धरान उपमहानगरपालिका वडा नम्बर १७ मा पर्ने भालुखोप जङ्गल क्षेत्रका ठूला ठूला सालका काठ काटेर लैजाने गरेको डिभिजन वन कार्यालय सुनसरीका सशस्त्र वन रक्षकका इन्र्चाज हरिप्रसाद गिरीले जानकारी दिनुभयो ।

तस्करहरु चारकोसे जंङ्गल क्षेत्रमा मध्यराति प्रवेश गर्ने र बहुमूल्य साल, सिसौलगायतका रुख काटेर लान थालेपछि जङ्गल क्षेत्रमा २४ घण्टा वन गस्तीलाई बढाइएको छ ।