Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


नेपाल भाषाको चलचित्र ‘लिबाय् धुंकाः’ प्रिमियर विहिबार हुने


0
Shares

काठमाडौं । नेवार संस्कृतिको हास्य ब्यङ्ग विधा ‘ख्यालः’ चलचित्रमा समावेश गरी प्रस्तुत गर्ने गुणले भरिएका राजेशमान सिंहयको निर्देशनमा नेपालभाषाको चलचित्र “लिबाय् धुंकाः (अर्थात ढिलो भएपछि)” यही जेठ ३० गते विहीबार गुण सिनेमा ग्वार्को, ललितपुरमा ५ बजे प्रदर्शन हुने भएको छ  ।

चलचित्रको प्रेमियर शोको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक सिंहले यस चलचित्रमा प्रेम, हास्यब्यङ्ग, एक्सन तथा सस्पेन्स समावेश गरी रोचक शैलीमा ढिला भएपछि आँखा खुलेर केही हुन्न भन्ने सन्देश दिने प्रयास गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी गराए ।

अडियो भिडियो स्टेशन प्रालिको निर्माण यस चलचित्रमा प्रमुख भूमिकामा वरिष्ठ कलाकार आशाकाजी थकु, नारायणदेवी प्रधान रहेका छन् मञ्जु श्रेष्ठ, आर.एल. महर्जन, आराध्यालक्ष्मी खड्गी, सुरज श्रेष्ठ बकंफुसुलु, भिमसेन रिसाल, कुमार काकीको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

चलचित्रमा उत्तम खत्री, रामराजा भाम, मोहिद्दिन खान, देवकुमारी खड्गी, मैया श्रेष्ठ, आश्मा देशार, राजेश श्रेष्ठ, राजेश महर्जन, भेष महर्जन, प्रविण शाक्य, राकेश खड्गी तथा निर्देशन स्वयंको समेत अभिनय अभिनय रहेको छ ।

यस चलचित्रको कथा, पटकथा, संवाद, गीत पनि निर्देशक सिंहले नै लेखेका छन् भने कीर्ति श्यामसुन्दर जोशी र पीयूष कायस्थका साथ निर्देशक सिंहले सम्पादन गरेका छन् ।

पाश्र्व संगीत बीरेन शाक्यको रहेको छ भने गीतहरुमा सानुबाबु महर्जन, सुमन कपाली र रत्नशोभा महर्जनले स्वर दिएका छन् ।

बीरेन शाक्य र सुमन कपालीको संगीत रहेको यस चलचित्रका गीतहरु बिट्स रेकर्डिङ स्टुडियो र हिसि रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको छ ।

शंकर महर्जनको छायाँकन रहेको चलचित्रमा नायिका आराध्यालक्ष्मी खड्गीको कोरियोग्राफी रहेको छ भने भिएफएक्स राजन शाक्य र पीयूष कायस्थले गरेका छन । द्वन्द निर्देशन सुरज श्रेष्ठको रहेको छ  ।

निर्देशक राजेशमान सिंहका नेपालभाषाको बकंफुसुलु, भद्रगोल, हिसिमदु, चन्द्रमान लगायतका चलचित्र दर्शकसामु आइसकेका छन् भने सबै चलचित्र लोकप्रिय पनि भएका छन् ।