Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


मेलम्चीमा ढिस्को र रुखले थिचेका चार मजदुरको शव निकालियो, चारको खोजी हुँदैं


0
Shares

सिन्धुपाल्चोक । माटोको ढिस्को र रुखले थिचेर मेलम्चीमा पुरिएका मध्ये चारजनाको शव निकालिएको छ ।

मेलम्ची नगरपालिका ११ मा गएराति पहिरो जाँदा पुरिएका नौ मध्ये चार जनाको शव निकालिएको हो । बाकी चार जनाको खोजी भईरहेको छ । एक जनाको जिवितै उद्धार गरिएको छ ।

घाइते वर्ष ४५ को बारु शाहको बिहान ६.३० बजे उद्धार गरि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मृतकको शव पहिचान भइसकेको छैन् ।

पहिरोमा पुरिएर भाइते भएका बारु शाह र बेपत्ता भएका राजेन्द्र चौरासिया भारतका रहेका छन् भने अरु सबै वीरगञ्जका रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रदेश सरकारले बनाउन लागेको कभर्ड हल निर्माणका लागि उनीहरु मेलम्ची आएका थिए । कभर्ड हल निर्माणका लागि टहरोमा बसेका वर्ष ८४ का राजेन्द्र चौरासिया, वर्ष ३५ को प्रदिप चौरासिया, वर्ष २१ को राजेश चौधरी, वर्ष २५ को विक्रम थिंग, वर्ष २३ को मान बहादुर रुम्बा, वर्ष २० को सिमन घ्लान, वर्ष २१ को शिव बालक धामी, वर्ष १७ को सोनाम लामा र वर्ष ४५ को बारु शाह रहेका काफ्लेले बताउनुभयो ।

बेपताको खोजीका लागि सेना, प्रहरी र स्थानीय लागेका छन् । स्थानीय अगुवा शिवराम भट्टराइका अनुसार बजारको अन्तिम बस्ती (तालामाराङतर्फ) मा सडकको माथिल्लो भागको ढिस्को भत्केर घर पुरिएको छ ।

पहिरोमा परेर मृत्यु र बेपत्ता भएकाहरु सवै जिल्ला बाहिरबाट काममा आएका थिए ।