Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पाल्पामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, दश जना बिरामी


0
Shares

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवासको कार्कीडॉडामा जंगली च्याउ खाँदा एकबालिकाको मृत्यु भएको छ भने १० जना बिरामी परेका छन् ।

दुई घर परिवारका ११ जनाले च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका हुन् । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी छन् ।

उनको गएराति मृत्यु भएको हो । ४ बर्षिय विष्णु सिंह ठकुरी भने गम्भीर बिरामी परेका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा आइसियुमा उपचार भइरहेको छ ।

उनीहरुले २४ गते सॉझ घर नजिकैको जंगलबाट च्याउ ल्याएर तरकारी खाएका थिए ।

शनिबारबाट बान्ता र बेहोस हुन थालेपछि मध्यबिन्दु अस्पताल नवलरपुरमा उपचारका लागि लगिएको थियो ।

गम्भिर बिरामी परेका निर्मला र बिष्णुलाई पुरानो मेडिकल कलेज भरतपुरमा रिर्फर गरेकोमा निर्मलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी छन् । उनीहरु चार परिवारका सदस्य हुन् ।

बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।