काठमाडौं । संचारकर्मी एवम् गायक एसबी साउँदले मेलिना राईसँग मिलेर नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन् ।
साउँदकै शब्द/संगीतमा ‘बोली मंहगो’ बोलको गीत तयार भएको हो ।
पुतलीसडकस्थित एवन् म्यूजिक स्टुडियोमा गीत रेकर्डपछि गायक साउँदले आफुले युवा पुस्ताका श्रोतालाई मध्यनजर गरेरै यो गीत रकर्ड गरेको जानकारी दिए ।
उनको यस गीतमा मायलुलाई फकाउन हम्मेहम्मे परेको कथा लुकेको छ । केही हप्तामै गीत भिडियोसहित युट्यूबमा सार्वजनिक गर्ने उनले बताए ।
कैलालीको टीकापुरका स्थायी बासिन्दा साउँद सन् २०१३ देखि औपचारिक गायनमा पनि सक्रिय छन् । सबै विधाका गीत रुचाउने उनले चलचित्रको पाश्र्व गायनमा विशेष रुची राख्छन् ।
उनका आफ्नै शब्द, संगीतमा ४ र अन्य गरि ६ ओटा गीत रेकर्ड भइसकेका छन् ।
उनी हाल अनामनगरस्थित रेडियो मिर्मिरे तथा शुभदिन डटकममा समाचार सम्पादककारुपमा कार्यरत छन् ।




प्रतिक्रिया दिनुहोस्