काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएपछि अंक बाँडेका छन् ।
बेलायतमा जारी प्रतियोगिताअन्तर्गत गएरातिका लागि तय भएको खेल वर्षा कारण प्रभावित भएको हो ।
ब्रिस्टोलमा हुने भनिएको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।
प्रतियोगिताअन्तर्गत आज अफगानिस्तान र न्यूजिल्यान्ड भिड्ने छन् ।
जारी विश्वकपमा अफगानिस्तानले सुरुआती दुवै खेल हारेको छ भने न्यूजिल्याण्डले दुवै खेल जितेको छ ।
यी दुईको खेल टाउटनस्थित कुपर एसोसियसन काउन्टी मैदानमा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुने छ ।








प्रतिक्रिया दिनुहोस्