काठमाडौं, जेठ २४ । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गन्डकी प्रदेश भिड्ने भएका छन् ।
सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै साविक विजेता आर्मी फाइनलमा पुगेको हो ।
शुक्रबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आर्मीले पहिलो सेट १९–२५ ले गुमाएपनि त्यसपछिका सेट २८–२६, २६–२४ र २५–१७ ले जितेको थियो ।
आर्मीले फाइनलमा आइतबार गन्डकीसित खेल्ने भएको हो ।
गन्डकीले शुक्रबारै भएको अर्को सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ कै सेटमा हरायो । गन्डकी २५–२३, २१–२५, २५–२३ र २९–२७ को सेटमा विजयी भयो ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले डेढ लाख तथा तेस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । सर्वोकृष्ट खेलाडीले एउटा पल्सर बाइक प्राप्त गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्