Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


इङ्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स नेसन्स लिग फुटबलको फाइनलमा


0
Shares

काठमाडौं । इङ्ल्याण्डलाई हराउँदै नेदरल्याण्ड्स नेसन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डलाई ३–१ ले हरायो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा नेदरल्याण्डले बाजी मारेको हो ।

खेलको ३२ औ मिनेटमा मार्कस रास्फोर्डको गोलबाट इंग्ल्याण्डले अग्रता लियो । ७३ औ मिनेटमा डे लिटले गोल गर्दै नेदरल्याण्डलाई खेलमा फर्काए ।

अतिरिक्त समयमा कायल वाल्करले आत्मघाति गोल गरेपछि डच टिमले खेलमा अग्रता बनायो ।

थपिएको समय सकिन ६ मिनेट बाँकी छँदा क्वीन्सी प्रोमिसले एक गोल थप्दै नेदरल्याण्ड्सको जित पक्का गरे ।

जितसँगै नेदरल्याण्ड्सले पोचुगलसँगको उपाधि भिडन्त तय गरेको छ ।

फाइनल खेल यही आइतबार पोर्चुगलको पोर्टोमा हुनेछ । पराजित टोली इङ्ल्यान्डले भने अब तेस्रो स्थानका लागि स्विटजरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।