
काठमाडौं, जेठ २३ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई बिहीबार जावलाखेल पुर्याइएको छ ।
थतिटोलबाट बाजागाजाका साथ रथ तानेर जावलाखेल लगिएको हो ।
लिच्छवि राजा नरेन्द्र देवको समयमा काठमाडौं उपत्यकामा खडेरी परेपछि तान्त्रिक आचार्य बन्धुदत्तको सल्लाहमा आसामको कामरुप कामाख्यबाट मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएको किम्बदन्ती रहेको छ ।
ललित नाम गरेका ज्यापुले मच्छिन्द्रनालाई कलसमा राखेर खर्पनमा बोकेर ल्याएपछि उपत्यकामा वर्षा भएको विश्वास रहेको छ ।
बौद्ध धर्मावलम्बीहरुले रातो मच्छिन्द्रनाथलाई बज्रपाणी आर्यावलोकितेश्वर र करुणामयको नामले पूजा गर्ने गर्दछन् ।
यस वर्षको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही जेठ २६ गते आइतबार गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्