Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


अष्ट्रेलियाले दियो वेस्ट इन्डिजलाई २८९ रनको चुनौती


0
Shares

काठमाडौं, जेठ २३ । इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटको दशौं खेलमा अहिले अष्ट्रेलिया र वेस्ट इन्डिज भिडिरहेका छन् ।

नटिङ्घममा जारी खेल जितका लागि वेस्ट इन्डिजले २८९ रनको चुनौती पाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा ‘अलआउट’ हुँदै २८८ रन बनायो ।

अष्ट्रेलियाले ३८ रन जोड्दा सुरुआती ४ विकेट गुमाएको थियो । ७९ रनमा ५ विकेटको क्षति व्यहोरेको थियो ।

त्यसपछि सम्हालिएको अष्ट्रेलियाका स्टेभेन स्मिथ र नाथन कल्टर नाइलबीच सातौं विकेटका लागि १०२ रनको उत्कृष्ट साझेदारी भएको थियो ।

नाइलले ६० बलमा सर्वाधिक ९२, स्मिथले १०३ बलमा ७३ तथा एलेक्स क्यारीले ५५ बलमा ४५ रन बनाए ।

वेस्ट इन्डिजका कार्लोस ब्रेथवेथले ३ तथा ओशाने थोमस, आन्द्रे रसेल र शेल्डन कोट्रेलले समान २/२ विकेट लिए ।

दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तान र वेस्ट इन्डिजले पाकिस्तानलाई हराएको थियो ।

यो खेलको विजेता लिग तालिकाको शीर्ष स्थानमा पुग्नसक्ने छ । लगातार दोस्रो जितसहित ४ अंकबाट न्यूजिल्यान्ड शीर्ष स्थानमा छ । समान २ अंकसहित वेस्ट इन्डिज दोस्रो तथा अष्ट्रेलिया तेस्रो स्थानमा छ । दुई खेलबाट एक खेल हारेको इंग्ल्यान्ड २ अंकबाटै चौथो स्थानमा छ । एक खेलबाट २ अंकको भारत पाँचौं स्थानमा छ ।

त्यस्तै, बंगलादेश, श्रीलंका र पाकिस्तानले एक/एक खेल जितेका छन् । दक्षिण अफ्रिकाले खेलेका सबै तीन तथा अफगानिस्तानले सबै दुई खेल हारेको छ । समूहका शीर्ष चार टिम सेमिफाइनलमा पुग्नेछन् ।