
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, जेठ २३ । पाँचथरको सदरमुकाम फिदिमबजारमा बिहीबार दिउँसो आगोलागी भएको छ ।
आगोलागीबाट स्थानीय संगीता रानामगर र कर्णकुमार थापाको घरमा रहेका पाथीभरा मिष्ठान्न भन्डार र पाँचथर गेस्टहाउस पूर्णरुपमा जलेर नस्ट भएको छ ।
दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा करिब दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
क्षतिको एकीन विवरण प्राप्त भइनसकेको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।
आगोलागीको कारण पनि खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्