Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


केल्मेसँग प्रायोजन सम्झौता


0
Shares

काठमाडौं, जेठ २३ । आउँदो असार १७ गते काठमाडौंमा आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले दुई सहप्रायोजकसँग सम्झौता गरेको छ ।

बिहीबार मञ्चले लामो समयदेखि साथ दिइरहेको एभिन्युज टेलिभिजनसँग ‘लाइभ पार्टनर’कारुपमा पुनः सम्झौता गरेको हो ।

त्यस्तै, मञ्चले आधिकारिक पोसाकका लागि अन्तर्राष्ट्रिय ‘ब्रान्ड’ केल्मेसँग पहिलोपटक प्रायोजन सम्झौता गरेको छ । केल्मे नेपाली राष्ट्रिय फुटबल टोलीको आधिकारिक ब्रान्ड हो ।

अवार्डका लागि मञ्चले गएको आइतबार ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयन सार्वजनिक गरेको थियो ।

क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन गरी पाँचजना पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

१० विधामा पुरस्कार वितरण गरिने स्पोर्ट्स अवार्डमा उत्कृष्ट पुरुष तथा महिला, पिपल्स च्वाइस र प्रशिक्षक विधाका विजेताले बजाज पल्सर मोटरसाइकल तथा अरु विधाका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।