१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


स्थानीयले नै यार्सा संकलनमा रोक लगाएपछि लेक गएकाहरु फर्किए


0
Shares

बझाङ । बझाङको सुर्मा गाँउपालिकाका स्थानीय बासिन्दाहरु यार्सा संकलन गर्न रोक लगाएर घर फर्किएका छन् ।

यहाँको धनसेरी वनमा हिउँ नपग्लिएको भन्दै जेठ ३० गतेसम्मका लागि यार्सा संकलन गर्न रोक लगाएको स्थानीय बासिन्दा प्रेम बहादुर बोहराले बताए ।

यार्सा संकलनमा स्थानीय बासिन्दाहरु मिलेर रोक लगाएपछि यार्सा संकलन गर्न लेक गएका सबै स्थानीय घर फर्केका छन् ।

जेठ ३० गतेसम्म कसैले यार्सा संकलन गरेको फेला परे समितिले गरेको निर्णय अनुसार जरीवाना गरिने समीतिका अध्यक्ष धर्मराज बोहराले बताए ।

यार्सा संकलन गर्ने धनसेरी वनमा बाहिरकाले लुकी छिपि यार्सा संकलन गर्न सक्ने भन्दै समितिले ६ जना वन हेरालासमेत राखेकोे बताइएको छ ।

यार्सा संकलनमा केही समयका लागि रोक लगाएपछि यहाँका सबै स्थानीयले लगेको सामल तुमल लेक मै छोडेर फर्केको जनाईएको छ ।